समाजिक फीड
जनकपुरधाम, माघ ८ गते ।
मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीको लाठीचार्जबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवको टाउको फुटेको छ ।
राजविराज नगरपालिका–१३ स्थित विषहरियामा विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध प्रदर्शन गर्दै सुरक्षा घेर तोड्न खोजेपछि लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।
लाठीचार्जबाट जनमत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु सतिश सिंह, भागेश्वरी चौधरी र रंजु खंगलाई समेत चोट लागेको जनमत पार्टीका सचिव बिपी साहले जानकारी दिए ।
‘सुरक्षा घेरा तोडेपछि समान्य बल प्रयोग भएको हो । त्यस्तो खासै धेरै चोटपटक लागेको वा टाउको नै फुटेको मलाई जानकारी भएन,’ सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले भने ।
यद्दपी जनमत पार्टीका मन्त्री तथा सांसदहरुले जसपा अध्यक्ष उपेन्द्र यादवलाई स्वाग्त गर्न जाँदा प्रहरीले लाठी प्रहार गरेको जनमत पार्टीको दावी छ ।
पार्टी सचिव बिपी साहले अध्यक्ष यादव लगायतका नेताहरुको निर्देशनमा प्रहरीले जनमत पार्टीका मन्त्री, सांसद लगायतका नेतामाथि प्रहरीले लाठी प्रहार गरेको दावी गरे ।