Samajik Feed – News Portal from Nepal

मधेशमा सबैभन्दा धेरै कुष्ठरोगी, कुन प्रदेशमा कति छन् ?

समाजिक फीड जनकपुरधाम, माघ १४ गते ।आज देशभर ७१ औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो, कुष्ठरोग । स्वास्थ्य सेवा विभागका […]

सिरहाको मिर्चैयामा एक स्थानीयले अर्को स्थानीयको घर भत्काइदिए, विरोधमा चक्काजाम

सिरहा, १३ माघ । सिरहाको मिर्चैयामा एक जनाको घर भत्काइएपछि विरोध सुरु भएको छ । शनिबार बिहान करिब ३ बजे मिर्चैया नगरपालिका–६ का राजेशप्रसाद सिंहको घर मिर्चैयाकै एक स्थानीयले भत्काइदिएका हुन् । मिर्चैया नगरपालिका–५ का राजदेव कापरीले आफ्ना मान्छेहरू ल्याएर भत्काइदिएको पीडित सिंहको आरोप छ । यही विषयलाई लिएर शनिबार अपरान्ह पीडित तथा स्थानीयवासीले पूर्वपश्चिम […]

स्रोत नखुलेको १० लाख रुपैँया सहित सर्लाहीबाट चार जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १३ गते । सर्लाहीबाट स्रोत नखुलेको १० लाख रुपैँया सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बरहथवाबाट कारमा सवार भई भारततर्फ जाँदै चारैजनालाई गौडैता नगरपालिका-१२ स्थित लक्ष्मीचोकबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा कार चालक काठमाडौंको बागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पहलाद चापागाई, […]

पत्रकार राजकरण महतोलाई ‘भैया’ भनेर दुव्र्यहार गर्ने दुई जना पक्राउ

समाजिक फीड काठमाडौं, माघ १२ गते । बाटोमा हिड्दै गर्दा रंगको आधारमा ‘भैया’ भनेर पत्रकार राजकरण महतोमाथि सम्प्रदायिक भेदभावजन्य दुव्र्यवहार र कुटपीटको प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७ माघ, २०८० मा काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बसका चालक र सह—चालकलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर प्रहरी […]

विमानस्थलका कर्मचारीलाई प्रहरीले कुटे

समाजिक फीड काठमाडौं, माघ १२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले हातपात गरेका छन् । शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताएका छन् । अध्यागमन अधिकृत छायाबहादुर मोक्तानमाथि प्रहरीले हातपात गरेको स्रोतले बताएको छ। नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित […]

यू-१९ विश्वकप: अफगानिस्तानद्वारा नेपालसमक्ष १ सय ४६ रनको चुनाैती प्रस्तुत

काठमाडौँ, १२ माघ । अफगानिस्तानले यू-१९ विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपालसमक्ष १ सय ४६ रनको चुनाैती प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ओभरमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । अफगानिस्तानका अल्लाह मोहम्मद घनजफरले ३७, कप्तान नासिर खान […]

धनुषाको सबैला र गणेशमान चारनाथमा ३८६ जना विपन्न परिवारलाई कम्बल वितरण

समाजिक फीड जनकपुरधाम, माघ १२ गते । मधेश प्रदेश सरकारले जाडो छल्न उपलब्ध न्यानो कम्बल धनुषा जिल्ला विपद व्यवस्थापन समितीले विपन्न परिवारलाई वितरण गरेको छ । सबैला र गणेशमानचारनाथ नगरपालिकाको विभिन्न वडामा ३८६ गरिब तथा विपन्न परिवारलाई समितीले कम्बल बाँडेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन […]

१० लाख घुस लिएर थुनाबाट लागुऔषध कारोबारीलाई भगाएका पुर्व प्रहरी जवान यादव पक्राउ

समाजिक फीड काठमाडौं, माघ १२ गते । लागुऔषध कारोबारीलाई थुनाबाट भगाएको आरोप लागेका पुर्वप्रहरी जवान वीरबल राय यादव पक्राउ परेका छन् । फरार भएर भारतमा बस्दै आएका उनलाई १६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो। यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका अशरफ […]

गगन थापाले शनिवारदेखि हुलाकी सडक क्षेत्रमा संवाद यात्रा थाल्ने

काठमाडाैँ, १२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिवारदेखि हुलाकी राजमार्ग क्षेत्रमा संवाद यात्रा सुरु गर्ने भएका छन् । हुलाकी राजमार्ग वरिपरीका सर्वसाधारणसँग अन्तर्क्रिया गर्नका लागि मेची–महाकाली संवाद यात्रामा निस्किन लागेको महामन्त्री थापाले बताएका हुन् । यो यात्रा माघ २६ गतेसम्म चल्ने पनि उनले बताए । बिहान ७ देखि ९ बजेसम्म गरिने संवादका लागि […]

मिर्चैयामा सुत्केरीको मृत्यु, अस्पतालको लापरबाहीले मृत्यु भएको परिवारजनको आरोप

सिरहा, १२ माघ । सिरहाको मिर्चैयास्थित मिर्चैया अस्पतालको लापरबाहीले एक महिलाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । बिहीबार बिहान मिर्चैया अस्पतालमा नर्मल सुत्करी भएकी मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्काकुमारी साहको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । रक्तश्राव नरोकिएपछि बेलैमा चिकित्सकले रेफर नगर्दा अकालमै अल्काको ज्यान गरेको मृतकका श्रीमान् ईन्द्रजीतकुमार साहले आरोप लगाए […]