Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ माघ । अफगानिस्तानले यू-१९ विश्वकपमा समूह चरणको अन्तिम खेलमा नेपालसमक्ष १ सय ४६ रनको चुनाैती प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ओभरमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका अल्लाह मोहम्मद घनजफरले ३७, कप्तान नासिर खान मारुफखिलले ३१, फ्रिडोन दाउदजाइले २९ र हसन इसाखिलले २० रन बनाए । नवौँ विकेटका लागि मारुफखिल र दाउदजाइले ५५ रनको साझेदारी गरे । नेपालका लागि आकाश चन्दले आठ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए ।

यसैगरी दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलकराज भण्डारीले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *