समाजिक फीड
काठमाडौं, माघ १२ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि प्रहरीले हातपात गरेका छन् ।
शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।
अध्यागमन अधिकृत छायाबहादुर मोक्तानमाथि प्रहरीले हातपात गरेको स्रोतले बताएको छ। नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित भएर हातपातमा उत्रिएको बताइएको छ ।
विमानस्थल स्रोतका अनुसार पछिल्लो ट्राभल एड्भाइजरीपछि अध्यागमनका कर्मचारीहरु प्रहरीसँग रुष्ट बनेका छन्।
‘अध्यागमन अधिकृत मोक्तानले ड्युटीमा रहेका प्रहरीलाई दुर्वचन बोलेका थिए,’ स्रोतले भन्यो।
विमानस्थल प्रहरीका प्रवक्ता एसएसपी दीपशमशेर रानाले प्रहरीलाई अध्यागमन कर्मचारीले दुर्व्यवहार गर्दा सामान्य धकेलाधकेलको अवस्था सिर्जना भएको बताए।
विमानस्थल स्रोतका अनुसार पछिल्लो ट्राभल एड्भाइजरीपछि अध्यागमनका कर्मचारीहरु प्रहरीसँग रुष्ट बनेका छन्।