Samajik Feed – News Portal from Nepal

सीडीयोलाई प्रदेश मातहत ल्याउन माग

काठमाडौँ, १४ माघ । प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारमातहत राख्न प्रदेश सरकारहरूले माग गरेका छन् । आइतबार गृह मन्त्रालयमा भएको प्रहरी समायोजनसम्बन्धी छलफलमा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग यस्तो माग राखेका हुन् । प्रदेशका मन्त्रीहरुले प्रहरी समायोजनका लागि यही माघ १७ मा प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय परिषद् समन्वय समितिको बैठकअघि नै गृहमन्त्रीसँग छलफल गरेका […]

सर्लाहीका प्रहरीलाई भिड नियन्त्रण सम्बन्धि तालिम दिइदै

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । सर्लाहीमा भिड नियन्त्रण गर्न प्रहरीले विशेष तालिमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र त्यस मातहतमा कार्यरत प्रहरी बरिष्ट हबल्दार, प्रहरी हबल्दार, प्रहरी जवानलाई ६ दिने भिड नियन्त्रण विशेष तालिम दिन सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न आन्दोलनहरु हुँदा पछिल्लो समय प्रहरीले […]

गाजामा इजरायलको आक्रमणमा २६ हजार बढी प्यालेस्टाइनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १४ गते । इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ […]

कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ, १४ माघ । अख्तियारले राहदानी विभागका तत्कालीन करार कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । राहदानी विभाग त्रिपुरेश्वरको परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई, घुस वापतको रकम भट्टराईको खातामा जम्मा गर्ने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको हो । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका […]

जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

चितवन, १४ माघ । चितवनमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–१६ शिवघाटमा बाबु छोरी सवार बा‍‍. प्र. ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा. प्र. ००१ च ११९७ नम्बरको जिपले ठक्कर दिएको हो । मंगलबार साँझ शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेका बेला भएको दुर्घटनामा स्थानीय ४१ वर्षीय […]

बिहारमा उथलपुथल : लालुसँग ‘डिभोर्स’ गरेर मोदीसँग आए नितीश, ९ औँ पटक मुख्यमन्त्री बन्दै

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितीश कुमारले पदबाट राजीनामा दिएर प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको (नेशनल डेमोक्रेटिक अलाएन्स) एनडिए गठबन्धनमा फर्केका छन् । आठौं पटकका लागि मुख्यमन्त्री पदका लागि शपथ लिएको १८ महिना नपुग्दै एनडिए गठबन्धनमा फर्किन उनले राजीनामा दिएका हुन् । आजै बेलुकी उनी ९ औँ पटक मुख्यमन्त्री बन्दैछन् […]

आज पनि सुनचाँदीको मूल्य स्थिर ,कतिमा हुँदैछ कारोबार ?

समाजिक फीड जनकपुरधाम , माघ १४ गते । आज फेरी नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। […]

बिहारका मुख्यमन्त्री नीतीशकुमारद्वारा राजीनामा

बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् । बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । गठबन्धन फेरेर फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड […]

प्रहरी समायोजन गर्न सिंहदरबारमा छलफल हुँदै, मधेश सरकार मातहत ९ हजार बढी प्रहरी आउने

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । प्रदेशमा प्रहरी समायोजनको प्रक्रियाले तिब्रता पाएको छ । संविधान जारी भएको आठ वर्षपछि बल्ल सरकारले प्रहरी समायोजनको कामलाई अघि बढाएको हो । एक महिनाभित्रै प्रहरी समायोजनको तयारी थालेको संघीय सरकारले आज सातवटै प्रदेशका गृहमन्त्रीसँग यस विषयमा छलफल थालेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले सातै प्रदेशका आन्तरिक मामिला […]

चोरी र सवारी ज्यान मुद्दामा दोषी ठहर भएका दुई जना पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १४ गते । दोषी ठहर भएका दुईजना अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी तथा सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालत कैद सजाय भई फरार भएका २ जनालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा लुकीछिपी बस्दै आएका निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम […]