Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १४ माघ । अख्तियारले राहदानी विभागका तत्कालीन करार कम्प्युटर इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । राहदानी विभाग त्रिपुरेश्वरको परिचय पत्र शाखाका तत्कालीन करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई, घुस वापतको रकम भट्टराईको खातामा जम्मा गर्ने सुमित्रा सापकोटाविरुद्ध मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणका लागि राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीहरूलाई राहदानी बनाइदिने भनी रकम लिएको पाइएको छ । उनले सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिइएको पुष्टि भएको आयोगको दाबी छ । उनीसँग सोही रकम बराबरको बिगो माग गरिएको छ ।

त्यस्तै, सापकोटाले गरी घुस वापतको रकम प्रतिवादी भट्टराईको खातामा जम्मा गरेकोसमेत पाइएको छ । सापकोटाले भट्टराईको घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको अख्तियारको दाबी छ । सापकोटासँग बिगो ३४ हजार रुपैयाँ कायमै गर्दै आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *