Samajik Feed – News Portal from Nepal

इमरानमाथि सजायको शृंखलाः उपहार बेचेको आरोपमा १४ वर्ष जेल

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो । बुधबार नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्ष जेल सजाय […]

जनकपुरको परिक्रमा सडक क्षेत्रभित्र मासु मदिरा बिक्रीवितरणमा रोक

समाजिक फीडजनकपुरधाम , माघ १७ गते । जनकपुरधाम उपमहानगरपालिकाले अन्तरगृह परिक्रमा सडक क्षेत्रभित्र पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्रीमा रोक लगाएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १४ गतेदेखि नै लागु हुने गरि कुनै पनि पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्री वितरण एवं मदिरा सेवन र विक्री […]

कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

ललितपुर, १६ माघ । कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगी गरेको अभियोगमा प्रहरीले सिरहा विष्णुपुर गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको हो । कतार पठाइदिने भन्दै उनले वैदेशिक रोजगारीका लागि जान लागेका युवासँग २ लाख ९० हजार रूपैयाँ ठगेको आरोप […]

तत्कालीन मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार

सामाजिक फीडजनकपुरधाम, माघ १६ गते । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयमा शाखा अधिकृत रहेका मिनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले गैरकानुनी रूपमा चार करोड चालीस लाख पन्ध्र हजारभन्दा […]

सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीनजना हातहतियारसहित पक्राउ

सामाजिक फीड जनकपुरधाम, माघ १६ गते । मोटरसाइकल चोरीका आरोपित तीनजनालाई सप्तरी प्रहरीले पेस्तोल र लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महदेवा गाउँपालिका–१ ढिकली घर भई हाल राजविराज नगरपालिका–१ राजदेवी टोल बस्ने २६ वर्षीय सुमित मण्डल र भारतको बिहार मधुवनीका २७ वर्षीय रणवीर यादव र विभस यादव रहेका छन् । शुक्रबार राति करिब ११ […]

भ्रष्टाचार हुने देशहरूको सूचकांकमा नेपालको केही सुधार

काठमाडौँ, १६ माघ । अत्यधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहँदै आएको नेपालको अवस्थामा यस वर्ष थोरै सुधार देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी […]

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

समाजिक फीडजनकपुरधाम , माघ १६ गते । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले १० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो । इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई […]

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

काठमाडौँ, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ । हृदयाघातका कारण न्यायाधीश मरासेनीको मंगलबार बिहान निधन भएको हो । हृदयघात भएपछि उनलाई कलंकीस्थित नेसनल हस्पिटल लगिएको थियो । उपचारका क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको पाटन अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । उनी अघिल्लो […]

युट्यूबर मनोज मानव पक्राउ

काठमाडौँ, १६ माघ । युट्यूबर मनोज मानव भनेर चिनिने मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको हो । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । महतो यसअघि पनि साइबर अपराधको […]

आजदेखि कांग्रेसको अभियान : ‘मधेस प्रदेशमा एक्कै साथ समुदायमा जाऔं, जनताका कुरा सुनौं’

समाजिक फीड जनकपुरधाम, माघ १६ गते । नेपाली कांग्रेसको अभियान ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ आजदेखि सुरु भएको छ । धनुषा, महोत्तरी, पर्सा , बारा, रौतहट , सर्लाही, सिराहा र सप्तरीको जिल्लाका सबै वडाहरुमा आजबाट यो अभियान सुरु भएको हो । नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु किरण यादब , बारा अनिल रुकटा , रौतहट अजय सिवाकोटी […]