काठमाडौँ, १६ माघ । युट्यूबर मनोज मानव भनेर चिनिने मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको हो ।
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।