काठमाडौँ, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ । हृदयाघातका कारण न्यायाधीश मरासेनीको मंगलबार बिहान निधन भएको हो । हृदयघात भएपछि उनलाई कलंकीस्थित नेसनल हस्पिटल लगिएको थियो ।
उपचारका क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको पाटन अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । उनी अघिल्लो साता मात्रै सरुवा भएर पाटन आएका थिए ।
लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।