ललितपुर, १६ माघ । कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
ठगी गरेको अभियोगमा प्रहरीले सिरहा विष्णुपुर गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको हो ।
कतार पठाइदिने भन्दै उनले वैदेशिक रोजगारीका लागि जान लागेका युवासँग २ लाख ९० हजार रूपैयाँ ठगेको आरोप छ । साहले प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।