काठमाडौँ, १६ माघ । अत्यधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहँदै आएको नेपालको अवस्थामा यस वर्ष थोरै सुधार देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो ।
गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरूको वरियता क्रममा दुई अंक अगाडि आएको छ । ११० औँ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औँ स्थानमा उक्लेको छ ।
५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरूलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा ट्रान्सपरेन्सी इन्टरनेशनलले चित्रण गर्दै आएको छ ।