समाजिक फीड
जनकपुरधाम, माघ १६ गते ।
नेपाली कांग्रेसको अभियान ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ आजदेखि सुरु भएको छ । धनुषा, महोत्तरी, पर्सा , बारा, रौतहट , सर्लाही, सिराहा र सप्तरीको जिल्लाका सबै वडाहरुमा आजबाट यो अभियान सुरु भएको हो ।
नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु किरण यादब , बारा अनिल रुकटा , रौतहट अजय सिवाकोटी ,सर्लाही गणेश लामा , महोत्तरी पदम नारायण चौधरी, धनुषा राजिव ढुंगाना, सिराहा अमृत अर्याल र सप्तरी लक्ष्मी खडिवडा केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरु आ–आफ्नो वडा स्तरिय कार्यक्रममा भैई विभिन्न कार्यक्रम गरि सहिद अवसरमा कार्यक्रम गरि गरि रहेको छ ।
यसकार्यक्रम मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, नगर सभापति , माहासमिति सदस्य , माहाधिवेशन प्रतिनिधिहरु , पुर्व पधिकारी , संगठनका जिम्मेवार पदाधिकारीहरुलाई परिचालन गरि सबै वडामा प्रतिनिधिलाई खटाएका छन ।
‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियान माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको हुँदा अनिवार्य रुपमा तपाईहरुले पाउनु भएका जिम्मेवारीलाई पूर्ण रुपमा इमान्दारीका साथ निर्वाह गर्नुहुने तथा उक्त कार्यको मोनेटरिंग महामन्त्री गगन थापा लगायतका पार्टीका जिम्मेवार पदाधिकारीहरु समेत उपस्थितमा कार्यक्रम गर्न भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिहरु नेपाली काँग्रेस आज देखि मधेस प्रदेशको सबै वडाहरुमा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्का संगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने उनले बताए ।
वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ आफना दायित्वलाई निर्वाह गर्न गरेको नगरेको केन्द्रिय पत्राचार अनुसार सबैलाई निर्देशन दिएको नेपाली काँग्रेस मधेशप्रदेश प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
यस्तै सो अभियान संचालनको लागि नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादब र मधेस प्रदेश उप सभापति विरेन्द्र प्रसाद सिंहलाई समेत खटाइएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश अन्तर्गत रहेकोे आठ ८ जिल्ला सभापतिहरूको अध्यक्षतामा बसि बैठकले निर्णय गरि सबै वडामा अभियान संचालन गर्ने निर्णय भएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।