नेपाली संसदीय टोलीद्वारा उत्तर प्रदेशका राज्यपाल र मुख्यमन्त्रीसँग भेटवार्ता

सामाजिक फीड, काठमाडौँ, २३ माघ । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेको छ । ११ सदस्यीय टोलीले लखनउस्थित राजभवन पुगेर राज्यपाल पटेलसँग शिष्टाचार भेट गरेको हो । भेटमा सांसद् यादवले उत्तर प्रदेशका विश्वविद्यालयसँग परस्पर शैक्षणिक आदान प्रदान, […]
उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

समाजिक फीड जनकपुरधाम, माघ २३ गते । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ६ जना न्यायाधीशको सरुवा गरेको हो। यस्तै, ३ जना जिल्ला न्यायाधीशको काज सरुवा गर्ने निर्णय भएको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत […]
मधेशका नेताहरूले भने– ‘राजतन्त्र फर्काउने षड्यन्त्रविरुद्ध अग्रसरता देखाऔँ’

सामाजिक फीड, जनकपुरधाम, २३ माघ । केही शक्तिहरू राजतन्त्र फर्काउने षड्यन्त्र रचेको भन्दै यसको विरोधमा अग्रसरता देखाउन विभिन्न राजनीतिक दलका नेताहरूले सर्वसाधारणसँग अपिल गरेका छन् । मधेश प्रदेशमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरूले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् । जनतालाई भ्रमित गरी केही प्रतिक्रान्तिवादी शक्तिहरूले जनताको सर्वोच्चता र संविधानका प्रावधानविपरीत […]
रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि

सामाजिक फीड, काठमाडौँ, २३ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार यस अवधिमा रेमिट्यान्स ७३३ अर्ब २२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण […]
सर्लाहीमा १२ वर्षीया बालिकामाथि बलात्कार, आरोपी ४९ वर्षीय पुरुष पक्राउ

समाजिक फिड जनकपुरधाम, माघ २३ गते । सर्लाहीमा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घरमा कोही नभएको मौका छोपेर ४९ वर्षीय पुरुषले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले हरिपुर नगरपालिका–७ चिताइनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गएको शनिबार दिउँसो घरमा कोही […]
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , माघ २३ गते । आज पनि सुन–चाँदीको मूल्य घटेको छ।पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले तेस्रो दिन अर्थात् मंगलबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला छ सय रूपैयाँ, सोमबार प्रतितोला चार सय रूपैयाँ र मंगलबार प्रतितोला पाँच सय […]
उद्योगी अरुण चौधरी मंगलबार रिहा हुने

सामाजिक फीड, काठमाडौँ, २२ माघ । काठमाडौँ जिल्ला अदालतले उद्योगी अरुण चौधरीलाई मंगलबार रिहा गर्न आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिर जमानीमा […]
मधेश प्रदेशमा सडक दुर्घटनामा ६ महिनामै २५५ जनाको ज्यान गयो

सामाजिक फीडजनकपुरधाम , माघ २२ गते । छ महिनामै मधेश प्रदेशमा सडक दुर्घटनामा परी दुई सय ५५ ले ज्यान गुमाएका छन। चालु आर्थिक वर्ष २०८०र८१ को छ महिनामा साना तथा ठूला चार हजार चार सय ७७ सडक दुर्घटना भएको छ । जसमा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले […]
न्यायका लागि आन्दोलन गरिरहेका जनकपुरकी आरती साहकी आमा र भाई पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ २२ गते । लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए […]
मधेश प्रदेश : वडा सचिवले भ्रष्टाचार गरेको पुष्टि, ३ वर्ष जेल र २७ लाख जरिवाना गर्ने फैसला

समाजिक फीड जनकपुरधाम, माघ २२ गते । सिरहाको तत्कालीन राजपुर गाविसका सचिव केशव घिमिरे भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद र २७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन गाविसको रकम उनले हिनामिना […]