Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ माघ । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेको छ ।

११ सदस्यीय टोलीले लखनउस्थित राजभवन पुगेर राज्यपाल पटेलसँग शिष्टाचार भेट गरेको हो । भेटमा सांसद् यादवले उत्तर प्रदेशका विश्वविद्यालयसँग परस्पर शैक्षणिक आदान प्रदान, भाषा अध्ययन र भ्रमण बढाउन आग्रह गरेका थिए । त्यस्तै, नेपाली संसदीय टोलीले मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि शिष्टाचार भेट गरेको थियो ।

भेटपछि मुख्यमन्त्री आदित्यनाथले ट्वीटमा लेखेका छन्, ‘भगवान पशुपतिनाथको पावन धरा, नेपालबाट आएका माननीय सांसद् गणको शिष्टमण्डलसँग शिष्टाचार भेट भयो ।’ भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेपाली टोलीका नेता यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *