Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार यस अवधिमा रेमिट्यान्स ७३३ अर्ब २२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *