समाजिक फीड
जनकपुरधाम, माघ २३ गते ।
न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ।
मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका ३ जना र जिल्ला अदालतका ६ जना न्यायाधीशको सरुवा गरेको हो। यस्तै, ३ जना जिल्ला न्यायाधीशको काज सरुवा गर्ने निर्णय भएको छ ।
उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।
परिषद्को बैठकले कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यलाई ललितपुर, सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालालाई कास्की, कास्की जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईलाई मकवानपुर जिल्ला अदालत सरुवा गर्ने निर्णय गरेको छ।
यस्तै, तेह्रथुम जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेललाई पर्सा, रौतहट जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्कालाई झापा र झापा जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेलाई नवलपुर सरुवा गर्ने निर्णय भएको छ।
परिषद्को बैठकले डडेलधुरा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाललाई चितवन, नवलपुर जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीलाई मोरङ जिल्ला अदालत र दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज सरुवा गर्ने निर्णय गरेको छ।
जिल्ला न्यायाधीश ढकालको काज सरुवापछि डडेलधुरा जिल्ला अदालत न्यायाधीशविहीन भएको छ।
अर्को न्यायाधीशको सरुवा नहुन्जेलसम्म बैतडी जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेलधुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतले समेत कामकाज गर्ने गरी तोक्ने निर्णय भएको छ।
सखुवा सभाको न्यायधिसलाई पनि सरुवा गर्नु पर्यो