Samajik Feed – News Portal from Nepal

मधेशका यी मेयरको हत्या गर्न सुटरले ३६ लाखमा सुपारी लिएको खुलासा

समाजिक फीड जनकपुरधाम, फागुन २ गते । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न भारतीय सुटरले सुपारी लिएको रहस्य बाहिरिएको छ । कुख्यात सुटर चञ्चल पाण्डेयले उनलाई हत्या गर्न सुपारी लिएको प्रहरी अनुसन्धानको क्रममा खुलेको हो । पाण्डेले मेयर साहको हत्या गर्न ३६ लाखमा सुपारी लिएको जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जनाएको छ । […]

शिक्षकका लागि जागिर खुल्यो : आयोगले माग्यो ७७८ जना शिक्षक, कुन विषयका कति ?

समाजिक फीड जनकपुरधाम, फागुन २ गते । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक मागेको छ । सूचना जारी गर्दै आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको हो । देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन निकालेको हो । नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि […]

पाल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार पाल्पाको डुम्रेबाट चिडिसगाउँ जाँदै गरेको जीप तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा दुर्घटनामा परेको हो । लु. १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको […]

रोजगारीका लागि ४२ जना नर्स बेलायत जाँदै

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । नेपालबाट रोजगारीका लागि ४२ जना नर्स बेलायत जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा […]

वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो । बोर्ड सचिवालयको सफ्टवेयर सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा […]

बालक हत्याको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, झापा, १ फागुन । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्जवीर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको […]

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक, २१७ जना सिफारिस

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका […]

एसीसी प्रिमियर कप: नेपालको जित, माल्दिभ्स १३ रनमै अलआउट

सामाजिक फीड, काठमाडौँ, १ फागुन । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको योगदानमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो ।नेपालले […]

रुविना बनिन् शतक बनाउने पहिलो महिला क्रिकेटर

सामाजिक फीड, काठमाडौँ, १ फागुन । मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपाली महिला टिमकी पूर्वकप्तानसमेत रहेकी रुविना क्षेत्रीले कीर्तिमानी प्रदर्शन गरेकी छन् । मंगलबार मलेसियाको बांगीमा भएको माल्दिभ्सविरुद्धको खेलमा रुविनाले ११८ रनको अविजित इनिङ्स खेलेर अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी हुन् । रुविना माल्दिभ्सविरुद्ध ५९ बलमा ११८ रनमा अविजित रहिन् । […]

धम्की दिएर चन्दा असुली गरेको आरोपमा २ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम , फागुन १ गते । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय […]