Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १ फागुन । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार पाल्पाको डुम्रेबाट चिडिसगाउँ जाँदै गरेको जीप तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा दुर्घटनामा परेको हो । लु. १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले पहिचानमा समस्या भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *