सामाजिक फीड,
झापा, १ फागुन । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक व्यक्ति हत्या आरोपमा पक्राउ परेका छन् । शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै आएका ५० वर्षीय पञ्जवीर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै पछार्दा बालकको मृत्यु भएको थियो । बालक धेरै रोएको भन्दै सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै उनले पछारेको र शिशु गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
त्यसपछि शिशुलाई तत्काल उद्धार गरेर दमक अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि किओच बाल अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको थियो । बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।