सामाजिक फीड
जनकपुरधाम , फागुन १ गते ।
नेपालबाट रोजगारीका लागि ४२ जना नर्स बेलायत जाने भएका छन् ।
अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ ।
उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ ।
प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि उनीहरूलाई बेलायत पठाइने बताए ।
बेलायत मार्चभित्रमा उनीहरूलाई लगिसक्ने बताएको छ । अहिले तालिमको प्रक्रियासँगै भिसाको प्रोसस पनि अघि बढेको उप्रेतीले बताए ।
नेपाल र बेलायत सरकारबिच सन् २०२२ को अगस्टमा एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालबाट नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने समझदारी भएको थियो । सोही आधारमा पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन माग गरिएको थियो ।
विभागले ४ साउन २०८० मा आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये ७१ जना अन्तरवार्ताको प्रारम्भिक सूचीमा परेका थिए । १८ देखि २१ मंसिरसम्म भएको अन्तर्वार्तामा ६० जनाको सहभागिता रहेको थियो । जसमा ४५ जना पास भएका थिए ।
उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।अभिखुमीकरण तालिममा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी दिइनेछ