Samajik Feed – News Portal from Nepal

रौतहट घटनालाई लिएर वीरगञ्जको मुख्य बजार बन्द

वीरगञ्ज, ७ फागुन । रौतहट घटनाको विरोधमा हिन्दू समाजले वीरगञ्ज बजार बन्द गराएको छ । सोमबार हिन्दू समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् । घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरीलगायत मुख्य सडकका अधिकांश पसल बन्द छन् । हिन्दू समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम […]

फेरी बढ्यो सुनको मूल्य , कतिमा हुदैँछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन ७ गते । आज पनि सुनको मूल्य बढेको छ। आइतबार तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो। आज सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार […]

मधेशका मुख्यमन्त्रीको प्रश्न : सरकारले नराम्रो काम के गरेको छ भन्नुस त ?

समाजिक फीड जनकपुरधाम, फागुन ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले हालसम्म राम्रो काम मात्रै गरेको दावी गरेका छन् । प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले प्रदेश सरकारले केही नराम्रो काम गरेको दावी गरे । अगामी दिनमा सबै दलसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता […]

अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका डीएसपी पक्राउ

सामाजिक फीड, काठमाडौँ, ७ फागुन । अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका एक प्रहरी नायव उपरीक्षक डीएसपी पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूले सशस्त्र प्रहरी बल (एपीएफ) का डीएसपी तुलसिंह केसीलाई पक्राउ गरेको हो । शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उजुरी परेपछि […]

पपुवा न्यू गिनीमा जातीय हिंसा, ६४ जनाको मृत्यु

सामाजिक फीड, एजेन्सी । पपुवा न्यू गिनीमा भएको जातीय हिंसामा ६४ जनाको मृत्यु भएको छ । आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला पारेको एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले पुष्टि गरेको हो । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् । रोयल पपुवा न्यू गिनी कान्स्टेबुलरीका कार्यवाहक […]

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

सामाजिक फीड, काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । माघ २६ गते बसेको बैठकले दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र […]

आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

सामाजिक फीडजनकपुरधाम , फागुन ७ गते । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले […]

पूर्वसचिव उपाध्यायसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, ६ फागुन । पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोकेभन्दा बढी पेस्की मोबिलाईजेशन गरेको […]

मधेश सरकारको माओवादीले गरे कडा आलोचना

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । मधेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गरेको छ । मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारको गति सुस्त भएको र मुख्यमन्त्रीले सल्लाह र सहकार्य नगरेको बताएका हुन् । उनले सरकार समन्वय सहकार्य नगर्दा सप्तरीको राजविराजमा […]

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्युको समय थपयो

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको समय थपएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण […]