समाजिक फीड
जनकपुरधाम, फागुन ७ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले हालसम्म राम्रो काम मात्रै गरेको दावी गरेका छन् ।
प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले प्रदेश सरकारले केही नराम्रो काम गरेको दावी गरे ।
अगामी दिनमा सबै दलसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।
‘मानीयज्युहरुलाई थाहा हुनुपर्ने हो कि सरकारले के राम्रो गरको छ । नराम्रो काम के गरेको छ भन्नुस त र? खाली नराम्रो गरेको भनेरै हुँदैन् । अहिलेसम्म राम्रो गरेको छ अगामी दिनमा पनि गर्छ,’ उनले भने, ‘बजेट खर्च सातै प्रदेशको भन्दा हाम्रोले बढी गरेको छ । कर्मचारी अभाव छ । दुई/तीन जिल्लामा एउटा कार्यालय छ व्यवस्थित गर्न समय लाग्छ । जेठ मसान्तसम्म सबै बजेट खर्च हुन्छ ।’
प्रदेश सरकारले धेरै भ्रष्टाचार गरेको सत्तारुढसँगै विपक्षी सांसदहरुले लगाएको आरोपबारे जवाफ दिँदै उनले मन्त्रीहुँदासम्म राम्रो र पदबाट हटेपछि नराम्रो भन्ने गरेको भन्दै असन्तुष्टि जनाए ।
‘आफु मन्त्री भएपछि राम्रो काम भएको छ हटेपछि नराम्रो ? तपाईँहरु छातीमा हात राखेर भन्नुस त मुख्यमन्त्रीले के नराम्रो काम गर्न भनेको रु कुन मन्त्रीलाई भनेको छु तपाइहरु काम नगर्नुस रु कसैले त भन्दियोस कुनै काममा अवरोध गरेको छु,’ मुख्यमन्त्री यादवले थपे, ‘जनताका लागि राम्रो काम गर्नुस सधैँ भनेको छु । मैले भनेकै छु भ्रष्टाचार गर्दिन् । मुख्यमन्त्री कार्यालयमा बजेट छैन । सबै मन्त्रालयहरुमा छ ।’
उनले राजविराजस्थित कृषि विश्वविद्यालय शिलान्यासका लागि समय र अतिथी कसलाई बनाउनेबारेमा त्यहाँका भिसी र रजिष्टारले नै निर्णय गरेको दावी गरे ।
‘उपेन्द्रजीलाई प्रमुख अतिथी बनाउनने निर्णय उनीहरुकै थियो । पछि उनीहरुले मलाई फोन गरे । उनीहरुले मलाई फोन गर्दा आउँछु भने । तर ७ गते विश्वविद्यालयमा केही व्यक्तिले भिसीलाई कुटपिट गरेर ताल्चा लगाउने स्थिती आएपछि म यहाँबाट गएँ,’ मन्त्रीमाथि आक्रमण भएको विषयमा जवाफ दिँदै उनले भने, ‘शिलान्यासको क्रममा मैले कसैलाई हेरिन् । मन्त्रीलाई पनि हेरिन् । कहाँ झगडा भयो पुलिससँग ।’