Samajik Feed – News Portal from Nepal

वीरगञ्ज, ७ फागुन । रौतहट घटनाको विरोधमा हिन्दू समाजले वीरगञ्ज बजार बन्द गराएको छ । सोमबार हिन्दू समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाउँदै बजार बन्द गराएका हुन् ।

घण्टाघर, माईस्थान, आदर्शनगर, घडिअर्वा पोखरीलगायत मुख्य सडकका अधिकांश पसल बन्द छन् । हिन्दू समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए ।

हिन्दू समाजका कार्यकर्ताले प्रदर्शन गर्नुको साथै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । रौतहटको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *