सामाजिक फीड
जनकपुरधाम , फागुन ६ गते ।
मधेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गरेको छ ।
मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले सरकारको गति सुस्त भएको र मुख्यमन्त्रीले सल्लाह र सहकार्य नगरेको बताएका हुन् ।
उनले सरकार समन्वय सहकार्य नगर्दा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयमा विवाद भएको बताए ।
शनिबार भएको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्रीले आफूहरुले उठाएको कुरालाई गम्भीरतापूर्वक लिएको र विगतको कमजोरी सच्याउने प्रतिवद्धता जनाएको भन्दै साहले विश्वासको मत दिने बताए ।