Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ७ फागुन । अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका एक प्रहरी नायव उपरीक्षक डीएसपी पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूले सशस्त्र प्रहरी बल (एपीएफ) का डीएसपी तुलसिंह केसीलाई पक्राउ गरेको हो । शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ । पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *