जनकपुरबाट चोरी भएको बस सिरहामा भेट्यो

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । जनकपुरधामको जिरोमाइलस्थि बसपार्कबाटै चोरी भएको बस सिरहामा फेला परेको छ । गोलबजार नगरपालिका वडा नम्बर–७ मा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यद्दपी बसपार्कबाट बस कसले त्यहाँ पुर्याएको खुलेको छैन् । बस चोरीमा संलग्नहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता […]
‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २४ पौष । तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआईबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो । उनको सिन्धुपाल्चोक तथा […]
जनकपुरबाट बस चोरी

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । जनकपुरधामको बसपार्कबाटै एउटा बस चोरी भएको भएको छ । जिरोमाइलस्थित रहेको बसपार्कमा पार्किङ गरि राखिएको बस चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरबाट भिठामोड चल्ने ना ४ ख २३२७ नम्बरको बस चोरी भएको हो । बसधनी पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्रले सोमवार साँझ नवदुर्गा […]
१६ जना डिआइजीको सरुवा, मधेश प्रदेशमा आए यज्ञविनोद पोखरेल

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । गृहमन्त्रालयले नेपाल प्रहरीको १६ जना प्रहरी नायव महानिरिक्षक (डीआईजी) को सरुवा गरेको छ । मंगलबार मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले डिआइजीहरुको काज सुरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् । यज्ञविनोद पोखरेल मधेश प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश, चन्द्रकुवेर खापुङ कोशी प्रदेश मा […]
३४ वर्षीय गेब्रिएल बने फ्रान्सको प्रधानमन्त्री

फ्रान्स । ३४ वर्षीय गेब्रिएल अट्टल फ्रान्सको नयाँ प्रधानमन्त्री बन्न सफल भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अट्टललाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । योसँगै अट्टल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् । उनी समलैंगिक पनि हुन् । उनको जन्म १९८९ मार्च १६ मा भएको हो । उनले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको […]
दक्षिण कोरियामा कुकुरको मासु खान प्रतिबन्ध, कानुन उल्लंघन गर्नेलाई ३ वर्ष जेल हुने

एजेन्सी जनकपुरधाम, पुस २४ गते । दक्षिण कोरियामा कुकुरको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । कोरियाली संसदले कुकुरको मासु उपभोग र विक्रीमा मंगलवार प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो । नयाँ कानुनमा सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने लक्ष्य लिइएको छ । कानुन उल्लंघन गरेर कुकुर मार्नेलाई ३ […]
शहीदहरूको विवरण सच्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २४ पुष । सरकारले शहीदहरूको विवरण सच्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने निर्णय गरेको हो । त्यस्तै, नेपाल राजपत्रमा प्रकाशन हुन छुट शहीदहरूको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना […]
मधेश प्रदेश : १६८ किलो गाँजा सहित समिर र राजु पक्राउ

समाजिक फीड जनकपुरधाम, पुस २४ गते । ठूलो परिमाणमा गाँजासहित प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट मंगलवार करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय […]
राष्ट्र बैंकका गर्भनर विरुद्ध जनकपुरमा प्रदर्शन

सामाजिक फीडजकपुरधाम, पुस २४ गते । लघुवित संस्थाबाट पीडितहरुले जनकपुरधाममा नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । मंगलबार जनकपुरधाममा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालको मधेस प्रदेशको समितिले विभिन्न ९ बुँदे मागसहित प्रदर्शन गरेका छन् । उनीहरु नगरको विभिन्न चौकमा विशाल जुलुससहित गर्भनर अधिकारीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । […]
माइतीघरबाट डा. केसीसहित दुई जना पक्राउ

काठमाडौँ, २४ पुस । काठमाडौँको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ परेका छन् । दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकाहरूले द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, माइतीघरको निषेधाज्ञा फिर्ता […]