Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ पौष । तपस्वीको आवरणमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआईबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो । उनको सिन्धुपाल्चोक तथा सिन्धुलीका आश्रममा प्रहरीले यसअघि छापा पनि मारेको थियो । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई बेपत्ता पारेको आरोप छ ।

सर्लाहीको आश्रममा अनुयायीलाई बलात्कार गरेको उजुरी छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । उनले आफूलाई ‘लिटिल बुद्ध’ भन्दै आएका छन् । बाराको रतनपुरीमा जन्मिएका उनी गाैतमबुद्धको पुनर्जन्म भएको भनेर कुनै बेला व्यापक लोकप्रियता कमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *