Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ पुस । काठमाडौँको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ परेका छन् । दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेकाहरूले द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेलगायत मागहरू राखेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *