Samajik Feed – News Portal from Nepal


समाजिक फीड


जनकपुरधाम, पुस २४ गते ।


ठूलो परिमाणमा गाँजासहित प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलले जगरनाथपुर गाउँपालिका–४ स्थित हरपुरबाट मंगलवार करिब १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार गाँजासहित पक्राउ पर्नेमा बेनिघाट गाउँपालिका–४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन्।


वीरगंजबाट ठोरी जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्सबटम बनाएर १६ वटा पोकामा लुकाएर लैजाँदै गरेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।


प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू उक्त गाडीको चालक तथा सहचालक रहेका छन्।

उनीहरूबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोबाइल समेत बरामद भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *