समाजिक फीड
जनकपुरधाम, पुस २४ गते ।
गृहमन्त्रालयले नेपाल प्रहरीको १६ जना प्रहरी नायव महानिरिक्षक (डीआईजी) को सरुवा गरेको छ ।
मंगलबार मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले डिआइजीहरुको काज सुरूवा गरेको हो ।
जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।
यज्ञविनोद पोखरेल मधेश प्रदेश, कुवेर कडायत लुम्बिनी प्रदेश, चन्द्रकुवेर खापुङ कोशी प्रदेश मा सरुवा भएका छन् ।
त्यसैगरी, विष्णुकुमार केसी बागमती प्रदेश, विकासराज खनाल गण्डकी प्रदेश, ललामणि आचार्य कर्णाली प्रदेश र रविन्द्र केसी सुदूरपश्चिम प्रदेशमा सरुवा भएका हुन् ।
त्यसैगरी, प्रदेशमा सरुवा हुने आशामा रहेका सुरेन्द्रप्रसाद मैनालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा खटाइएको छ ।
