Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ पुष । सरकारले शहीदहरूको विवरण सच्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने निर्णय गरेको हो ।

त्यस्तै, नेपाल राजपत्रमा प्रकाशन हुन छुट शहीदहरूको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय पनि भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले राष्ट्रिय विकास परिषद्‌मा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिहरूमध्येबाट २५ सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *