Samajik Feed – News Portal from Nepal

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत, २१ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । आज विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । केन्द्रको नयाँ […]

अण्डाको समर्थन बिक्री मूल्य तोकियो

सामाजिक फीड, काठमाडौँ, २१ चैत । अण्डाको समर्थन बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले तोकेको नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ छ । त्यस्तै, ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ । सङ्घले नयाँ समर्थन मूल्य […]

फ्रेन्डसिप कप : नेपालद्वारा गुजरातलाई १८२ रनको लक्ष्य

काठमाडौँ, २१ चैत्र । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ । टी-२० सिरिजअन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य […]

दाङमा दुई बस ठोक्किए, २२ जना घाइते

दाङ, २१ चैत्र । दाङमा दुई वटा बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन् । बुधबार बुटवलबाट सुर्खेत जाँदै गरेको लु.१ ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा. १ ख २५८१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर रूपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ […]

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ । संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो । यसअघि यहि चैत्र १५ गते उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी थिइन् । samajik_feedsamajikfeed.com

आयरल्याण्ड वोल्भ्ससँग नेपाल ‘ए’ पराजित

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा अल आउट हुँदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्वाधिक ३७ […]

गृहमन्त्रालयद्वारा ९ उपसचिवको सरुवा

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो । जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता […]

चिट चोराउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

सामाजिक फीड, रौतहट, २१ चैत । एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरूलाई विभिन्न परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो । उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालमा आदान […]

परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणबारे सदनलाई जानकारी दिए

सामाजिक फीड, काठमाडौँ, २१ चैत्र । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् । उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा […]

त्रिविको स्नातक दोस्रो वर्षको परीक्षा सारियो

सामाजिक फीडजनकपुरधाम , चैत्र २१ गते । त्रिभुवन विश्वविद्यालयले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नुपरेको जनाएको छ । निमित्त रजिष्ट्रार डा. कृष्णप्रसाद बस्यालले अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सार्नुपरेको बताएका हुन् । उनले भने ‘विद्यार्थीको परीक्षा फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था […]