Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २१ चैत्र । गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।

जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन कार्यालय साँखुबाट त्रिअवि अध्यागमन कार्यालयमा पठाइएको छ ।

त्यसैगरी मनिता श्रेष्ठलाई जिल्ला प्रशासन भोजपुरबाट त्रिअवि अध्यागमन कार्यालय, शिवराज सेढाइलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र विजया कुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *