Samajik Feed – News Portal from Nepal

सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढ्यो

समाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । सुनको मूल्यफेरी बढेको छ । आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको […]

धनुषामा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनाहुने धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनाबाट […]

रामकुमार शर्माद्वारा पार्टी परित्याग

सामाजिक फीड, काठमाडाैँ, ०८ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । शर्माले बिहीबार फेसबुकमा राजीनामा पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । उनले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको पनि बताएका छन् । भ्रष्टाचारमा संलग्न भएर १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने […]

भारतमा फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढ्यो

सामाजिक फीड, काठमाडौँ, ७ चैत्र । एक्सेस कोड हटेपछि नेपालबाट भारतमा फोन गर्दा दोब्बर शुल्क तिर्नुपर्ने भएको छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपाल टेलिकमले पनि शुल्क बढाएको हो । नेपाल टेलिकमले सस्तो शुल्कमा भारत कल गर्न मिल्ने एक्सेस कोड नै बन्द गरिदिएको छ । टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस […]

जनकपुरधामबाट स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजना प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । धनुषा प्रहरीले स्रोत नखुलेको करिब १७ लाख रुपैयाँसहित एकजनालाई जनकपुरधामबाट पक्राउ गरेको छ । महोत्तरीको औरही नगरपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । मंगलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० प्रादेशिक अस्पताल पछाडि […]

मधेश प्रदेशः बुवाको हत्या गरेको आरोपमा २२ वर्षीय छोरा पक्राउ

सामाजिक फीड जनकपुरधाम , चैत्र ७ गते। बुवाको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २२ वर्षीय छोरालाई पक्राउ गरेको छ । घरायसी विवादमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका वडा नं.३ का २२ वर्षीय लालदेब सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका […]

दुई टी–२० सिरिजका लागी टिम घोषणा

सामाजिक फीडजनकपुरधाम, चैत्र ७ गते । नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड ‘ए’ र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २४ र २५ मा ट्वान्टी २० खेल खेल्नेछ […]

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न देशभर डेस्क स्थापना हुने

सामाजिक फीड, काठमाडाैँ, ७ चैत्र । मिटरब्याज पीडितहरूको गुनासो सम्बोधन गर्नका लागि देशभर डेस्क स्थापना हुने भएको छ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूको गुनासो तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो । साथै, डेस्कमा खटिने कर्मचारीको नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा […]

सप्तकोशी नदीबाट डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद

सामाजिक फीड जनकपुरधाम, चैत्र ७ गते । सप्तकोशी नदीबाट डुंगामा ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो । ५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सह(प्रवक्ता […]

लोसपाको केन्द्रीय समिति बैठक आज पनि बस्ने

सामाजिक फीड, काठमाडाैँ, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार महोत्तरीको बर्दिबासमा सुरु भएको बैठक आज पनि जारी रहने पार्टीले जनाएको छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि उत्पन्न परिस्थितलगायत समसामयिक विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र […]