Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, ०८ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।
शर्माले बिहीबार फेसबुकमा राजीनामा पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका हुन् । उनले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएको पनि बताएका छन् ।

भ्रष्टाचारमा संलग्न भएर १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले फेसबुकमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातलको फरक पाएको अनुभुति हुन्छ।’

द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघमा रूपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको निश्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *