सामाजिक फीड
जनकपुरधाम, चैत्र ७ गते ।
नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार आयरल्यान्ड ‘ए’ र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २४ र २५ मा ट्वान्टी २० खेल खेल्नेछ । त्यसपछि नेपाल, बरोडा र गुजरात क्रिकेट संघको टोलीबीच मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कप कप हुनेछ ।
नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।