Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडाैँ, ७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । मंगलबार महोत्तरीको बर्दिबासमा सुरु भएको बैठक आज पनि जारी रहने पार्टीले जनाएको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि उत्पन्न परिस्थितलगायत समसामयिक विषयमा छलफल गर्न लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए । बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *