सिरहाको मिर्चैयामा खाल्डोमा डुबेर महिलाको मृत्यु, स्थानीयको आक्रोश
सामाजिक फीड-१६ गते जनकपुरधाम सिरहाको मिर्चैया नगरपालिका-५ स्थित बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीया रोजिनादेवी महतो आइतबार बिहान पौने ९ बजे उक्त खाल्डोमा चिप्लिएर खसेपछि मृत्यु भएको हो। स्थानीयका अनुसार, रोजिनादेवी हातेकलमा पानी लिएर फर्किने क्रममा खाल्डोमा खसेकी थिइन्। पानीमा डुबिरहेको देखेपछि उनलाई मिर्चैया […]
मधेशमा एचआईभी संक्रमितको संख्या ४ हजार ८१९, संक्रमितहरुको उपचारमा सुधार

सामाजिक फीड-१६ गते जनकपुरधाम मधेश प्रदेशमा एचआईभी संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ। यो तथ्यांक आर्थिक वर्ष २०८०/०८१ को रिपोर्टमा आधारित छ। संक्रमितमध्ये १५ देखि ४९ वर्षका ४ हजार ३३२ व्यक्ति तथा १८ वर्ष मुनिकाका १८४ बालबालिका उपचारको क्रममा रहेका छन्। संक्रमितहरुको उमेर समूह र अवस्थाः जिल्लागत अवस्था एचआईभी संक्रमितहरुको संख्या जिल्लागत रूपमा फरक […]
जनकपुरधाममा मैथिली विकास कोषका लागि महत्वपूर्ण पुस्तक हस्तान्तरण

सामाजिक फीड-१६ गते जनकपुरधाम जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा सञ्चालन हुने पुस्तकालयका लागि विभिन्न महत्वपूर्ण पुस्तकहरु हस्तान्तरण भएका छन्। आइतबार कोषका अध्यक्ष जीवनाथ चौधरीलाई वरिष्ठ चित्रकार एससी सुमन, संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्कर, वरिष्ठ साहित्यकार राम दयाल राकेश, र समीक्षक तथा साहित्यकार विनित ठाकुरले महत्वपूर्ण र दुर्लभ पुस्तकहरु प्रदान गरेका हुन्। यसअघि साहित्यकार दीप […]
धान र चामलको आयातमा गिरावट: उत्पादन वृद्धि र उपभोगमा विविधता प्रमुख कारण

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपालमा धान र चामलको आयात लगातार तेस्रो वर्ष घटेको सरकारी तथ्याङ्कले देखाएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब २२ करोड रुपैयाँको धान र चामल आयात भएको छ। यो आर्थिक वर्ष अघिल्लो वर्ष २०७९/०८० को तुलनामा १४ अर्ब ४३ करोड रुपैयाँले कम हो। आर्थिक वर्ष २०७९/०८० मा ३६ […]
देवाही गोनाहीमा छोराद्वारा बुवामाथि धारिलो हतियार प्रहार, अवस्था गम्भीर

सामाजिक फीड-१६ गते जनकपुरधाम देवाही गोनाही नगरपालिका–३, देवाही टोलमा ३० वर्षीय रबिन बैठाले आफ्नै ७० वर्षीय बुवा कंचन बैठाको घाँटीमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। यो घटना आज बिहान भएको हो। हतियार प्रहारपछि कंचन बैठाको अवस्था चिन्ताजनक बनेको छ। उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएको छ। इलाका प्रहरी कार्यालय देवाही गोनाहीका […]
महेन्द्रनगर ईलाका प्रहरीको नयाँ आयाम: इन्सपेक्टर सोनु कुमार साहको नेतृत्वमा उल्लेखनीय प्रगति

सामाजिक फीड-१६ गते जनकपुरधाम धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा इन्सपेक्टर सोनु कुमार साहको नेतृत्वमा मुद्दा फर्छौट र अपराध न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। नागरिक सुरक्षाको अनुभूति र प्रहरीमा विश्वास बढाउन उनले गरेका कामहरूले गहिरो प्रभाव पारेका छन्। इन्सपेक्टर साहले ईलाका क्षेत्रमा हुने अपराधिक गतिविधिको आँकडा न्यून गर्दै ९० प्रतिशत मुद्दा फर्छौट गर्न सफल […]
पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

सामाजिक फीड-१६ गते जनकपुरधाम नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन […]
विवाहपञ्चमी: जनकपुरधाममा सांस्कृतिक र धार्मिक उत्सवको उमंग

रजत कर्ण l विवाहपञ्चमी महोत्सवको समयमा जनकपुरधाममा केही विशेष परम्पराहरू छन्, जसले यो उत्सवलाई अन्य क्षेत्रका पर्वभन्दा फरक र अद्वितीय बनाउँछ । अहिले मिथिला क्षेत्रको सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक मानिने विवाहपञ्चमी महोत्सवको क्रममा जनकपुरधाममा विशेष उत्साह र उमंग छाएको छ। सीता र रामको पवित्र विवाहको सम्झनामा मनाइने यो महोत्सव स्थानीयवासीहरू, श्रद्धालु र पर्यटकहरूको ठूलो […]
गौरमा मोबाइल चोरी गर्दै दुई जना रंगेहात पक्राउ

सामाजिक फीड-१४ गते जनकपुरधाम रौतहटको गौरमा दुईवटा मोबाइल पसलको ताल्चा फुटाएर लाखौँको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरी टोलीले चोरीकै क्रममा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा राजदेवी नगरपालिका–९ ब्रहमापुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय नीरज मण्डल रहेका छन्। चौधरी मार्केटस्थित नेशनल मोबाइल पसल र गौर इन्टरप्राइजेजको ताल्चा फुटाएर १९ वटा मोबाइल चोरी गरेका […]
जनकपुर बोल्ट्स टिमको लोगोमाथि चौतर्फी आलोचना, फ्रेन्चाइजको स्पष्टीकरणपछि समर्थकहरू सकारात्मक

सामाजिक फीड-१४ गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपिएल) यही शनिबारदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा सहभागी जनकपुर बोल्ट्स टिमको लोगोले सामाजिक सञ्जालमा व्यापक आलोचना खेपिरहेको थियो। लोगोमा जानकी मन्दिरको झल्को नदेखिएको भन्दै स्थानीयवासी तथा समर्थकहरूले आपत्ति जनाएका थिए। यसै सन्दर्भमा, जनकपुर बोल्ट्स टिमको फ्रेन्चाइजले एक भिडियो सार्वजनिक गर्दै लोगोमा जानकी मन्दिरको उपस्थिति प्रस्ट्याउने प्रयास गरेको छ। […]