Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१६ गते जनकपुरधाम

मधेश प्रदेशमा एचआईभी संक्रमितको संख्या ४ हजार ८१९ पुगेको छ। यो तथ्यांक आर्थिक वर्ष २०८०/०८१ को रिपोर्टमा आधारित छ। संक्रमितमध्ये १५ देखि ४९ वर्षका ४ हजार ३३२ व्यक्ति तथा १८ वर्ष मुनिकाका १८४ बालबालिका उपचारको क्रममा रहेका छन्।

संक्रमितहरुको उमेर समूह र अवस्थाः

  • १८ वर्ष मुनिकामध्ये ६९ बालिका, १२ वर्ष मुनिकाका १०९ बालबालिका छन्।
  • २० जना बाबुआमा दुबै नरहेका र ६६ जना बाबु वा आमा मध्ये एक जना मात्र रहेका छन्।

जिल्लागत अवस्था

एचआईभी संक्रमितहरुको संख्या जिल्लागत रूपमा फरक रहेको छ।

  • पर्सा: १५ देखि ४९ वर्षका १,३९६ व्यक्ति र १८ वर्ष मुनिका २२ बालबालिका।
  • धनुषा: ८२२ व्यक्ति (१५-४९ वर्ष) र ३७ बालबालिका।
  • सप्तरी: १८१ व्यक्ति (१५-४९ वर्ष) र ६ बालबालिका।
  • सिरहा: ४२१ व्यक्ति (१५-४९ वर्ष) र २५ बालबालिका।
  • महोत्तरी: ३६४ व्यक्ति (१५-४९ वर्ष) र १८ बालबालिका।
  • सर्लाही: ५२० व्यक्ति (१५-४९ वर्ष) र २१ बालबालिका।
  • रौतहट: ३९० व्यक्ति (१५-४९ वर्ष) र २७ बालबालिका।
  • बारा: २३८ व्यक्ति (१५-४९ वर्ष) र २८ बालबालिका।

उपचार र सेवाको अवस्था

मधेशमा १० सरकारी र एउटा गैरसरकारीसहित ११ जाँच तथा परामर्श केन्द्र सञ्चालनमा छन्।

  • ८ गैरसरकारी निःशुल्क औषधि वितरण केन्द्र सक्रिय छन्।
  • वीरगञ्जको नारायणी अस्पतालमा लागुपदार्थ उपचारका लागि मौखिक पद्धति अपनाइएको छ।
  • प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भाइरल लोड परीक्षण सेवा उपलब्ध छ।
  • स्वास्थ्य संस्थाहरुमा संक्रमित आमाबाट बच्चामा एचआईभी रोकथामका सेवाहरु उपलब्ध छन्।

नेपाल र विश्वमा एचआईभी

नेपालमा सन् १९८८ यता ७१,५३८ जना एचआईभी संक्रमित भइसकेका छन्। तिनीहरूमध्ये २९,८९० जनाको मृत्यु भइसकेको छ।
विश्वभर सन् २०२३ मा १३ लाख मानिस नयाँ एचआईभी संक्रमित भएका थिए।

विश्व एड्स दिवस २०२४

डिसेम्बर १ तारिख नेपालसहित विश्वभर ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *