Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१६ गते जनकपुरधाम

जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित भवनमा सञ्चालन हुने पुस्तकालयका लागि विभिन्न महत्वपूर्ण पुस्तकहरु हस्तान्तरण भएका छन्।

आइतबार कोषका अध्यक्ष जीवनाथ चौधरीलाई वरिष्ठ चित्रकार एससी सुमन, संवाद फाउण्डेशनका अध्यक्ष कुमार भाष्कर, वरिष्ठ साहित्यकार राम दयाल राकेश, र समीक्षक तथा साहित्यकार विनित ठाकुरले महत्वपूर्ण र दुर्लभ पुस्तकहरु प्रदान गरेका हुन्।

यसअघि साहित्यकार दीप नारायण “विद्यार्थी”ले अनुप्रास प्रकाशनबाट प्रकाशित ५५ वटा, साहित्यकार अजीत आजादले नवारम्भ प्रकाशनबाट प्रकाशित २१५ वटा, र नाटककार महेन्द्र मलंगियाले एकसयभन्दा बढी साहित्यिक पुस्तकहरु कोषलाई हस्तान्तरण गरिसकेका छन्।

पुस्तकालय सञ्चालनका लागि यसरी योगदान गर्ने सबैलाई अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *