Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
१४ गते जनकपुरधाम

नेपाल प्रिमियर लिग (एनपिएल) यही शनिबारदेखि सुरु हुँदैछ। यस प्रतियोगितामा सहभागी जनकपुर बोल्ट्स टिमको लोगोले सामाजिक सञ्जालमा व्यापक आलोचना खेपिरहेको थियो। लोगोमा जानकी मन्दिरको झल्को नदेखिएको भन्दै स्थानीयवासी तथा समर्थकहरूले आपत्ति जनाएका थिए।

यसै सन्दर्भमा, जनकपुर बोल्ट्स टिमको फ्रेन्चाइजले एक भिडियो सार्वजनिक गर्दै लोगोमा जानकी मन्दिरको उपस्थिति प्रस्ट्याउने प्रयास गरेको छ। भिडियोमा टिमले लोगोको डिजाइन जनकपुरको ऐतिहासिक सम्पदालाई झल्काउने गरी तयार गरिएको दाबी गरेको छ।

फ्रेन्चाइजका अनुसार, लोगोको मध्यभागमा जानकी मन्दिरको वास्तुकला झल्काइएको छ। तर, यो कुरा स्पष्ट नहुँदा आलोचना बढेको थियो। टिमले सबैलाई समझदारीका साथ प्रतियोगितालाई समर्थन गर्न अपिल गर्दै यो लोगोले जनकपुरको सांस्कृतिक र ऐतिहासिक महत्व उजागर गर्ने प्रयास गरेको बताएको छ।

समर्थकहरूले फ्रेन्चाइजको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिन थालेका छन्। अब प्रतियोगिताका लागि प्रस्तुत गरिएका अन्य नयाँ डिजाइनहरू प्रति पनि उनीहरूको चासो बढेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *