Samajik Feed – News Portal from Nepal

जनकपुरमा बसको ठक्करबाट दुई महिलाको मृत्यु र ६ जना घाइते भएको पुष्टि, यसरी भयो दुर्घटना

समाजिक फीड जनकपुरधाम, फागुन २० गते । जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बिन्धीमा भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । स्थानीय ३५ वर्षीया राखि यादव र ५८ वर्षीया देवकली देवी साहको बसको ठक्करबाट […]

मधेशमा सवारी दुर्घटनामा सात महिनामा २ सय ९१ जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते । मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९१जनाले ज्यान गुमाएका छन् । प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७३० जना घाइते भएको प्रहरीले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना […]

जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना घाइते

जनकपुरधाम, २० फागुन । जनकपुरधामको बिन्हीमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पैदलयात्रीहरूलाई बसले ठक्कर दिएको हो । बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । स्थानीय पशुपति देवी, अम्बिका झा, ममतादेवी यादवलगायत […]

दुग्ध किसानहरूको आन्दोलन फिर्ता

सामाजिक फीड, काठमाडौँ, २० फागुन । सहमति जुटेपछि दुग्ध किसानहरूले आन्दोलन फिर्ता लिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरूबीच पाँचबुँदे सहमति भएको हो । वार्तामा किसानहरूलाई उद्योगीहरूले २०८० चैत २१ गतेसम्म सबै बक्यौता तिरिसक्नेलगायतका सहमति भएका छन् । दूध बेचेको पैसा नपाएपछि किसानहरू […]

जनकपुरमा केपी ओलीका लागि तयार गरिएको १५० किलोको माला विष्णु पौडेलको गलामा

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा १ सय ५१ किलोको मालाले स्वागत गरिएको छ। धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेका हुन्। अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम […]

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो, आज कतिमा हुदैँछ कारोबार?

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते। आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा प्रतितोला सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो।आइतबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]

मोटरसाइकलको ठक्करबाट आमाको मृत्यु, छोरी घाइते

झापा, २० फागुन । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ मोटरसाइकलको ठक्करबाट मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्माको मृत्यु भएको हो । उनकी छोरी ६ वर्षीया निशा गम्भीर घाइते भएका छन् । घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे. ११ प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरूलाई ठक्कर दिएको थियो । […]

राष्ट्रिय सभाका यी २० जना सांसदको पदावधि आज सकियो, आज साँझ विदाइ गरिने

समाजिक फीड जनकपुरधाम, फागुन २० गते । राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरुको आज विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । २०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्य छन् । […]

आफै ‘बिरामी’ परे जनकपुरका सरकारी स्वास्थ्य संस्था, गरिब नागरिकले पाउँदैनन् औषधी उपचार (भाग-१)

आर. के. महतो जनकपुरधाम, फागुन २० गते । जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहेका स्वास्थय संस्थाहरुमा औषधी अभावले यहाँका विपन्न वर्ग नराम्ररी प्रभावित भएका छन् । उपमहानगरपालिकाको मातहतमा रहेका सरकारी स्वास्थ्य संस्थामा औषधी उपचार नपाउँदा छाँक टार्न मुस्किल पर्ने गरिब तथा विपन्न वर्गका नागरिक निजी क्लिनिक तथा औषधी पसलमा मंहँगो उपचार गराउन बाध्य भएका छन् । केही […]

मधेश प्रदेश : मालपोतका अधिकृत सहित चारजनाले सरकारी जग्गामा भ्रष्टाचार गरेको ठहर

समाजिक फीड जनकपुरधाम, फागुन १८ गते । भ्रष्टाचार मुद्दामा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत सहित चार जना दोषी ठहर भएका छन् । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो । अर्याल र […]