Samajik Feed – News Portal from Nepal

झापा, २० फागुन । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ मोटरसाइकलको ठक्करबाट मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्माको मृत्यु भएको हो ।

उनकी छोरी ६ वर्षीया निशा गम्भीर घाइते भएका छन् । घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे. ११ प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरूलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी छोरी निशाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *