Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, फागुन १८ गते ।

भ्रष्टाचार मुद्दामा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत सहित चार जना दोषी ठहर भएका छन् ।

गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

अर्याल र भटराईसँगै वीरगञ्ज महानगरपालिका–२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका हुन्।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो।

पर्सा साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को ऐलानी सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *