Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, २० फागुन । जनकपुरधामको बिन्हीमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पैदलयात्रीहरूलाई बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

स्थानीय पशुपति देवी, अम्बिका झा, ममतादेवी यादवलगायत पाँच जना घाइते भएका छन् । जनकपुरधामको एन्जल्स स्कूलको बसले ठक्कर दिँदा घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *