Samajik Feed – News Portal from Nepal

एमाले बारा अधिवेशन : पाँच पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान हुँदै

सामाजिक फीड, बारा, २३ चैत । नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अध्यानन्द पाण्डे र टीना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई […]

फ्रेन्डसिप टी–२० कप : आज नेपाल र बरोडाबीचको खेल

२३ चैत, काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटअन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ । यो खेल दिउँसो २:४५ मा सुरु हुनेछ । यो सिरिजमा तीन खेलमा जित हासिल गर्दै नेपाल फाइनलमा पुगिसकेको छ । तीन खेलमा हार व्यहोरेका बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । samajik_feedsamajikfeed.com

माधव नेपालको प्रश्न– दुर्व्यसनी बढिरहँदा सरकार के गरेर बसेको छ ?

राैतहट, २३ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । उनले सरकार मूकदर्शक भएको पनि आरोप लगाए । अध्यक्ष नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको […]

आईपीएल: गुजरातमाथि पञ्जाव किंग्सको जित

सामाजिक फीड, काठमाडौँ, २३ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछ्योएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी […]

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदै

सामाजिक फीड, काठमाडौँ, २३ चैत्र । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टीयू मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुनेछ । नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा आयरल्याण्डले विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि आयरल्याण्ड […]

रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठान समितिको अध्यक्षमा डा. चौधरी नियुक्त

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सरकारले डा. चाैधरीसहित सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय गरेको छ । त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य […]

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

सामाजिक फीड, बुटवल, २२ चैत्र । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । यसअघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो । तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । यस अघि […]

आठ महिनामा ९ खर्ब ६१ अर्ब रेमिटेन्स भित्रियो

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले […]

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

सामाजिक फीड, भारत । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी […]

जसपाले बझाङबाट जाग्रीलाई बनायो उम्मेदवार

सामाजिक फीड, काठमाडौँ, २२ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान […]