सामाजिक फीड,
काठमाडौँ, २२ चैत्र । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सरकारले डा. चाैधरीसहित सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय गरेको छ । त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।