Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ चैत्र । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टीयू मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुनेछ ।

नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा आयरल्याण्डले विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडि छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजितकुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *