Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछ्योएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्दतले २० ओभरमा ७ विकेटको क्षतिमा १९९ रन बनाएको थियो ।

यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *