Samajik Feed – News Portal from Nepal

राैतहट, २३ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देशमा लागुपदार्थ दुर्व्यसनीको संख्या दिनानुदिन बढिरहँदा सरकारले नियन्त्रणमा चासो नदेखाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकार मूकदर्शक भएको पनि आरोप लगाए । अध्यक्ष नेपालले रौतहट, कैलालीलगायत जिल्लामा पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी बढिरहेको भन्दै सरकार, प्रहरी र प्रशासनको भूमिकामाथि प्रश्न उठाए। युवाहरू लागुपदार्थको दुर्व्यसनमा दिनप्रतिदिन फसिरहेको भए पनि अपराधीहरू कारबाहीको दायरामा आउन नसकेको उनको गुनासो छ । अध्यक्ष नेपालले नेताहरू पदको पछाडि लागेर देश नबन्ने टिप्पणी गरे ।

पछिल्लो समय देशमा पदकै लागि हानथाप हुन थालेको कारण देशको विकासमा बाधा पुगेको नेता नेपालले जिकिर छ। नेताहरू ईमान्दार तथा निष्ठावान भएर स्वच्छ छवि कायम राख्न नसकेमा कर्मचारीहरू कुनै राम्रो काम सिक्न नसक्ने उनले दाबी गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री तथा समाजवादीका नेता डा. बंशिधर मिश्रले नेपालका नेताहरू बंगलादेशसँग सिक्नुपर्ने बताएका थिए । उनले बंगलादेशमा पानीमा धान उब्जाउने गरेको चर्चा गर्दै नेपालीहरू आफ्नो खेत बाँझो राखेर वैदेशिक रोजगारीमा जानु दुर्भाग्य रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *